Jetban in press

ऊ आज फेरि आएन

 

सन् १९७० को जनवरीमा हामीले ओशोलाई पटना आमन्त्रण ग¥यौँ । मैले उहा“को आध्यात्मिक सान्निध्यमा चार दिन बिताउने अवसर पाए“ । म त्यसबेला पटना युनिभर्सिटीमा इन्जिनियरिङको विद्यार्थी थिए“ । चार दिनपछि उहा“ रेलबाट जबलपुर फर्कनुभयो ।

रेलका सबै डब्बा चहारिसकेपछि ऊ विषादयुक्त भावमा टोलाउँथी– दुवै गालाबाट भुइँमा आ“सुका धारा बगाउँदै । उसको मुहारमा एक अनौठो सुन्दरता थियो, असीम दुःख र पराजयको एक मिश्रित अभिव्यक्तिस“गै । उपेक्षा गर्न नमिल्ने उसको त्यो अनुहारमा विषादले अविष्मरणीय छाप छोडेको थियो । ऊ कुनै राम्रै पारिवारिक पृष्ठभूमिबाट आएको हुन सक्ने उसको बानी–व्यहोराले संकेत गथ्र्यो ।

ओशोको फिर्तीपछि मलाई पुनः त्यही संसारमा फर्किनु थियो– अव्यवस्थित पसल, खुला नालीहरू, फोहोरका डंगुर, हतारहतार कमिलाजस्ता विनाफुर्सद कतै दौडिरहेका मानिसहरू, बाक्लो त“ुवालो, समोसा र तरकारीको गन्ध ओढेका सहरका गल्लीहरूमा । ओशोका ती चार दिनका प्रवासमा मभित्र एक रूपान्तरणको उदय भएको थियो । अज्ञात स्थिरताको महसुस भएको थियो । यो पृष्ठभूमिमा बाहिरको त्यो संसार त्यही भए पनि त्यसको बोध सूक्ष्म भएको थियो । आकाशले परम स्वतन्त्रताको अनुभूति बर्साइरहेको थियो, वृक्षको हरियो रंगमा एक गतिशील जीवन्तता थियो, हावामा एक संगीतको सुगन्ध थियो । ओशोको उपस्थितिको सान्निध्य अनि प्रेम र आशीषको माहोलमा मेरो अस्तित्वले एक पुनर्जन्म नै प्राप्त गरेको थियो । उहा“को मंगलकारी उपस्थितिबाट मेरा अस्थि, रक्त र शरीरका सारा कोषमा एक लयबद्ध थिरकन छाएको थियो । म अब त्यही व्यक्ति थिइनँ । जसरी एक धातुको टुक्रा चुम्बकको चुम्बकीय क्षेत्रमा आएपछि चुम्बकै बन्छ, उहा“को उपस्थितिमा हामी सबै चेतनाको अर्कै आयाममा प्रवेश गरिसकेका थियौँ । सहर त्यही थियो, मानिसहरू त्यही थिए । गन्ध, रंग सबै त्यही भए पनि आचार्यश्रीको उपस्थितिमा त्यसको अर्कै गहन अभिव्यक्ति महसुस भइरहेको थियो । हावा र प्रकृतिमा एक अज्ञात आह्लाद र नाद चलिरहेको थियो ।
त्यसको केही दिनपछि पुनः म पटनाको रेल–वे स्टेसन गए“ । ओशोलाई बिदाई गरेको त्यो स्टेसनले मलाई एक न्यास्रोपनको अनुभूति दिलाइरहेको थियो । दुई दशकको आयुमा हिँडिरहेको मलाई रोमान्टिक प्रेमको अनुभव थियो । तर, प्रेमको बिछोडले हृदयको शान्ति कतिसम्म हरण गर्छ भन्ने अनुभव मलाई बल्ल पहिलोचोटि भइरहेको थियो । सुफीहरूले परमात्मालाई प्रेमिकाको रूपमा सम्बोधन गर्छन् । साधारण पे्रेमको नियति कति गहन छ र गुरुस“गको असाधारण प्रेमको यो अनुभव अबोधगम्य र अभिव्यक्तिभन्दा धेरै पर छ । आचार्यश्रीले मेरो हृदयको प्रेमको सम्भावनाका सबै ढोका खोलिदिनुभएको थियो । सम्बन्धमा विगतमा भोगेका बिछोडका केही पलको मलाई अनुभव थियो तर आचार्यश्रीस“गको बिछोडले मलाई आफैँभित्रको गहिराईमा धकेलेको थियो । वर्षायाममा गडगडाएर हिमालयबाट मैदान छुन लम्किएको गंगाको  प्रवाहजस्तै उहा“को अनुपस्थितिले मभित्र त्यसै अवस्था सिर्जना गरेको थियो ।
म स्टेसनको एक कुनाको बेन्चमा बसी आउने–जाने यात्री, कुल्ली, रेलको डिब्बा, माग्नेहरूलाई हेरिरहेको थिए“ । मानिसको यति विशाल समूह कता गइरहेको होला भनेर आश्चर्य लागिरहेको थियो । म आफैँभित्रको तर्कनामा हराएको थिए“ । त्यत्तिकैमा मेरो नजर उसमा गएर अड्कियो । तीनको दशक उमेर भएकी ऊ पटनाको रेल–वे प्लेटफर्मको एक अनन्य पात्र भइसकेकी थिई । मैले सधैँ उसलाई च्यातिएका कपडा र जिंग्रिङ्ग केशमै देखेको थिए“ । रेल रोकिएपछि हतार–हतार डब्बाभित्र छिरेर अनुहारमा आशाका भावले केही खोजेजस्तो गरेर पुनः निराश हु“दै अर्को डिब्बामा छिरेको कैयौँचोटि देखेको थिए“ । यसरी टे«नहरू चहार्ने उसको दिनचर्या नै भइसकेको थियो । उसको कुनै यस्तो चिजको खोज थियो, जसले उसलाई हरेकपटक रेलका डब्बाबाट निराश अनुहार लिएर बाहिर आउन बाध्य बनाउ“थ्यो । रेलका सबै डब्बा चहारिसकेपछि ऊ विषादयुक्त भावमा टोलाउँथी– दुवै गालाबाट भुइँमा आ“सुका धारा बगाउँदै । उसको मुहारमा एक अनौठो सुन्दरता थियो, असीम दुःख र पराजयको एक मिश्रित अभिव्यक्तिस“गै । उपेक्षा गर्न नमिल्ने उसको त्यो अनुहारमा विषादले अविष्मरणीय छाप छोडेको थियो । ऊ कुनै राम्रै पारिवारिक पृष्ठभूमिबाट आएको हुन सक्ने उसको बानी–व्यहोराले संकेत गथ्र्यो ।
धेरैपटक देखे पनि मलाई उसको कथा थाहा थिएन । तर, त्यो क्षणमा मलाई उसको बारेमा बुझ्न कुतूहलता जागेर आयो । मैले त्यहा“ चिया बेच्ने एक पसलेलाई उसका बारेमा सोधेँ । चिया पसलेबाट सुनेको त्यो दर्दनाक कथाले आजसम्म पनि मलाई विचलित गरिरहन्छ ।
ऊ बिहारको कुनै सानो सहरबाट आएकी थिई । करिब २० वर्षको उमेरमा ऊ जुन कलेजमा पढ्थी, त्यही कलेजका एक युवकस“ग उनको प्रेम बसेछ । त्यस युवकले उसलाई बिहे गर्छु भनी फकाएछ र त्यही प्रेमीको पछि लागेर बा“की जीवन पनि आफ्नै हृदयको राजकुमारस“ग बिताउने सपना बोकेर उसले घर छाडी । पटनाको एक होटेलमा बसेर परिवारको अंकुशबाट मुक्त उनीहरूले रमाइला क्षण सँगै बिताए ।
एक दिन बिहान उसको युवा प्रेमीले ‘पैसा सकियो म पैसाको बन्दोबस्त गर्न घर जान्छु, बेलुकासम्म आउँछु, तिमी यहीँ पर्खिरहनु’ भनी त्यही रेल–वे स्टेसनमा उसलाई कुराएर ऊ रेल चढेर कतै लाग्यो । उसले प्रेमीको पर्खाइमा त्यो रात त्यहीँ कटाई । अर्को दिन पनि त्यसरी नै प्रतीक्षामा बित्यो । यसरी कैयौँ दिन बिते तर ऊ फर्केन । भोलि आउ“छु, पर्खेर बस भनी हिँडेको प्रेमी कहिल्यै फर्केन । उसको प्रतीक्षाले दश वर्ष नाघिसकेछ । उसको मानसिक स्थितिमा ठूलो आघात प¥यो र उनले मानसिक सन्तुलन गुमाई । सायद घरका मानिसले पनि उनलाई फर्काउन कुनै चासो राखेनन् । उसको त्यो दारुण मानसिक स्थितिको फाइदा उठाउनेको कमी पनि भएन । उसले यौन उत्पीडन पनि सहनुप¥यो । अझै पनि ऊ आफ्नो प्रेमीको आगमनको प्रतीक्षामा छ र उसले त्यही खोजमा त्यहा“ रोकिने सबै ट्रेनका डब्बामा प्रत्येक दिन छान मारिरहन्छे । नियतिको यत्रो वज्रपात उसका कलिला स्नायुतन्तुले सहन सकेनन्– उसले आफ्नो नाम, ठेगाना, विगत सबै बिर्सिसकी । उसले कसैस“ग केही मागेको पनि देखिँदैनथ्यो । कसैले दयाले केही खाने कुरा उनको छेउमा राखिदिए पनि त्यसलाई बेवास्तापूर्वक हेर्थी । जब टोलाएर ऊ वर्तमानमा फर्किन्थी, तब ऊ त्यो खाने कुरा यान्त्रिक तरिकाले खान्थी मानौँ कुनै पूरा हुन नसकेको वाचाका खातिर बाच्न ऊ अभिशप्त छ ।
उसको मनले विगतलाई पूर्णरूपले विस्मृत गरिदिएको भए पनि त्यो निठुर प्रेमीले दिएको कसमलाई भने विस्मृत गर्न सकेको छैन । मन पनि त्यसमा हारेको छ । त्यो दृश्यले मेरो हृदय अति द्रवित भयो । फर्किने कसम खाएर फेरि कहिल्यै देखानपरेको त्यो प्रेमीको हृदय कति कठोर थियो होला । मानिस कतिसम्म निठुरी हुन सक्छ ! म एक पिल्लरमा अडेस लागेर उनलाई नियालिरहेको थिएँ । नजिकैको निसाना चुकेको एक सिकारीजस्तै पराजित मनस्थिति र कुण्ठाले उसलाई चारैतर्फबाट गा“जेको थियो ।
त्यसैवेला कुनै रेल स्टेसनमा आइपुग्यो । त्यो अजंगको यन्त्र जब स्टेसनमा रोकिन्थ्यो, उसले प्लेटफर्ममा केही तातोपन छोड्थ्यो । उसका आ“खामा एक तेज उत्रिन्थ्यो । निधारमा देखिने नीला नसाहरू एक्कासि फुलेर आउ“थे । एक हातले चोलो समात्दै उत्साहपूर्वक ऊ उभिन्थी । सारा शरीर आशाले पुलकित देखिन्थ्यो ।
भाग्य पनि कति निर्दयी हुन्छ । दशौँ हजार यात्रीहरू बोकेर आउने रेलले उनको प्रेमीलाई आजसम्म ल्याइदिएनन् । ट्रेन पूरै रोकिन नभ्याउ“दै ऊ हतार–हतार नजिकैको डिब्बामा छिर्थी । यात्रीहरू उसलाई हेय दृष्टिले हेर्थे र सभ्य व्यवहार गर्दैनथे । बालबालिकाहरू ऊस“ग डराउँथे, स्त्रीहरू उसका च्यातिएका कपडाबाट उनको शरीर झा“क्थे र उसलाई तुच्छ ठानेर मुख बनाएर बडप्पन देखाउँथे । ऊ मुसाले झैँ तर्किंदै तीव्र गतिले आफ्नो खोजमा अघि बढ्थी । आफ्नो हृदयको राजकुमारलाई नभेटेपछि उ ट्रेनबाट झरेर आफैस“ग बर्बराउँथी, ‘ऊ आज फेरि आएन ।’
यो सभ्य समाजको मान्यता र बुद्धिमानहरूको धारणाबाट ऊ अस्पर्शित थिई । उसको भित्री प्रेम सावित्रीको झैँ थियो । कहानी लेख्न बा“की कुनै मजनुको झैँ उनको व्यथा र कथा थियो । यो संसारले उसमाथि दया त के देखाउँथ्यो झनै उसलाई पागल र तुच्छ भनेर दुत्काथ्र्यो । कुनै दिन उसको त्यो दुःखद कथा पढेर यो जगत्ले आ“सु बगाउनेछ ।
सायद प्रेमको नियति नै यस्तै हुन्छ ।
स्वामी आनन्द अरुणको प्रकाशोन्मुख पुस्तक ‘एक अचम्म मैले देखेँ’बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *